उपाधिका लागि नेपाल र मकाउ भिड्ने, जान्नुहोस दुवै टिमको अवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2016 | 09:26:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी सोलिडारिटी कप अन्तर्गतको खेलमा उपाधिका लागि नेपालले मकाऊको सामना गर्ने भएको छ। सेमिफाइनलमा नेपालले लाओसलाई र मकाऊले ब्रुनाईलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन। 

एसियाली स्तरको प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेको नेपालले लाओसलाई ट्राइब्रेकरमा ३-० ले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलि १-१ को बराबरीपछी थप गरिएको अतिरिक्त ३० मिनेटमा समेत २-२ को बराबरीमा रोकिएपछी खेल पेनाल्टीसुट आउटमा पुगेको थियो। पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदशन गर्दै लाओसका दुई खेलाडीको प्रहार बिफल बनाएका थिए। टाइब्रेकरमा नेपालका लागि अघिल्लो तीन वटा गोल हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गरे। 

प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले लाओससंग २ गोल खाएको छ भने प्रतियोगितामा अहिलेसम्म ८ गोल (पेनाल्टी सुट आउटमा गरेको गोल सहित) गरेको छ।

उता मकाऊले भने ४ खेल मध्य १ मा बराबरी र ३ मा जित हात पारेको छ। त्यस क्रममा मकाउले १२ गोल (पेनाल्टी प्रहारको ४ गोल सहित) गर्दा ७ गोल खाएको छ। 

सेमिफाइनलमा लाओसलाई पराजित गरेको नेपाल र ब्रुनाईलाई पराजित गरेको मकाऊ जितको प्रभाबमा रहेको छ। म्याच फिक्सिंगको आरोप लागेपछि नैतिक दबाबमा परेको नेपाली टोलिका लागि यो उपाधि प्रतिष्ठाको बिषय रहने छ। 
 
मकाऊ बलियो प्रतिद्वन्द्वी रहेकाले नेपालका प्रशिक्षक कोजीले नेपालको लक्ष्य उपाधि हासिल गर्ने रहेपनि मकाउलाई कमजोर नआँक्ने बताए । उपाधिका लागि दुवै टोलिबीचको खेल नेपाली समयअनुसार मंगलवार ७:१५ मा सर्वाक खेल मैदान, कुचिंङमा हुने छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved