इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् ।
दिल्लीको फिरोज शाह कोटला मैदानमा सवा चार बजे दिल्ली क्यापिटल्स र रोयल राजस्थानबीच भिड्दैछन् । राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपालका सन्दीप लामिछानेले मौका पाएका छैनन् । दिल्लीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिशो रबाडाको अभाव महसुस गर्नेछ ।
यसैगरी राति सवा आठ बजे सुरु हुने दोस्रो खेलमा बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ ।