च्याम्पियन्स लिग फुटबलको लिभरपुलले उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २–० गोल अन्तरले हराउदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
लिभरपुलका लागि ओरिगीले ८७ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । योसँगै लिभरपुलले छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।