मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइकले जिते उत्कृष्ट खेलाडीको अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 06:37:57 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन फुटबलल युएफाको उत्कृष्ट खेलाडीको उपाधि लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले जितेका छन् ।  बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै उनले यूईएफए प्लेयर अफ दि सिजनको उपाधि जितेका हुन् ।

युएफाका सदस्यहरु, युरोपका प्रशिक्षकहरु र ५५ खेल पत्रकारको मतको आधारमा युएफाले डायकलाई अवार्ड दिएको हो । डायकले ३०५ अंक पाउँदा मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका छन् । डायकले डिफेन्डर अफ दि सिजन अवार्ड पनि जितेका छन् । गत सिजन टोटनह्यामलाई २-० ले हराउँदै लिभरपुलले च्याम्पियन्स लिग जित्दा उनको उत्कृष्ट प्रदर्शन थियो ।

मेस्सीले फरवार्ड अफ द सिजनको उपाधि जिते भने रोनाल्डोले कुनै पनि उपाधि जितेनन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved