ओलम्पिक कमिटीको निर्वाचनमा श्रेष्ठ भर्सेज श्रेष्ठको भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 12:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन भोलि हुँदैछ । भदौ २० गते सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन भोलि शनिबार हुन लागेको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन् । 

नेकपाका सांसद समेत रहेका जीवनराम श्रेष्ठ दोस्रो कार्यकालका लागि मैदान उत्रिएका हुन् भने उनलाई नेतृत्वमा पराजित गर्ने उमेशलालाको योजना छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका उमेशलाल अघिल्लो कार्यकालमा पनि जीवनरामसँग १७ भोटले पराजित भएका थिए । 

१९ सदस्यीय कार्यसमिति चयन गर्ने साधारणसभा भोली बिहान ८ बजेबाट सातदोबाटोस्थित ओलम्पिक कमिटीमा सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved