एभरेष्ट प्रिमियर लिग (इपिएल)को प्रत्यक्ष प्रशारण विदेशी च्यानलले गर्ने भएको छ । इपिएलले आज मंगलबार भारतको डी स्पोर्टससँग ब्रोडकास्टका लागि सम्झौता गरेको हो ।
इपिएलका प्रवन्ध निर्देशक र डी स्पोर्टसका प्रतिनिधी विच आज सम्झौता भएको हो ।सम्झौता अनुसार डी स्पोर्टसले इपीएलका सबै खेलहरु प्रत्यक्ष प्रशारण गर्नेछ । दुई पक्ष विच एक बर्षको लागि सम्झौता भएको हो। डिस्कोभरी नेटवर्क अन्तर्गत रहेको यो च्यानलले विगब्यास लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने गरेको छ ।
इपीएल आगामी फेब्रुअरी २९ देखि मार्च १४ तारिखसम्म कीर्तिपुर मैदानमा हुने तय भएको छ । यस पटकको प्रतियोगितामा आयोजकले टेष्ट खेल्ने देशका खेलाडी टोलीमा राख्न अनिवार्य गरेको छ । भैरहवा ग्लाडियटर्सले पाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दशानायकेलाई प्रतियोगिता अवधिभर प्रशिक्षकका रुपमा नेपाल ल्याउने भएको छ ।