एकदिवसीय बरियतामा नेपालको सुधार, सन्दिप र करणले मारे फड्को

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 08:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ एकदिवसिय बरियताअनुसार नेपाल एक स्थान सुधार गर्दै १६ औँ स्थानमा उक्लिएको हो । 

नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग–२ मा गरेको प्रदर्शनमा आधारमा एक स्थान माथि उक्लिएको हो । लिग २ मा ओमानसँगको दुवै खेल गुमाएको नेपालले अमेरिकासँगको दुवै खेल जितेको थियो । नेपाल नामिबिया, युनाइटेड अरब इमिरेटस्, अमेरिका र पपुवा न्युगिनीभन्दा अगाडी छ । शीर्ष स्थानमा बेलायत छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँमा अष्ट्रेलिया छ ।

आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२औँ स्थानमा यथावत छ । नेपालका सन्दिप लामिछाने र करण केसीले बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत छन् । बलिङमायसअघि ८५औँ स्थानमा रहेका सन्दिप ८४औँ स्थानमा छन् । ७५औँ स्थानमा रहेका करण ७४औँ स्थानमा छन् ।

अलराउण्डरतर्फ पारस २७औँ स्थानमा र ब्याटिङतर्फ पनि ६२औँ स्थानमा छन् । समोपाल कामी ६५औँ स्थानमा यथावत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved