नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को ब्रान्ड एम्बेसडर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का नियुक्त भएका छन् ।
टेलिकमले मंगलबार खड्कासँग ब्रान्ड एम्बेसडरका लागी सम्झौता गरेको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी खड्काले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा एम्बेसडर खड्काले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरु र टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । सम्झौता हाल एक वर्षको लागि गरिएको टेलीकमले जनाएको छ ।