रियल मड्रिड र बार्सिलोनाबीच आज माहाभिडन्त (एल क्लासिको) हुँदैछ । रियल र बार्सिलोनाको खेल नेपाली समय अनुसार मार्च २ मा रियल घरेलु मैदानमा एस्टाडियो स्यान्टियागो बर्नाब्यूमा बिहानको १ः४५ बजेदेखि सुरु हुनेछ । यसयघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
२५ खेलबाट ५५ अंक बार्सिलोना ला लिगाको शीर्षस्थानमा छ । समान खेलबाट ५३ अंक जोडेको रियल मड्रिडको ५३ अंक छ । आजको खेल रियलले जिते ५६ अंक बनाउँदै शिर्ष स्थानमा उक्लीने छ । बसिलोनाले जित दर्ता गरे ५ अङ्कको अग्रता लिनेछ ।
बार्सिलोनाको सम्भावित प्लेइङ ११ः मार्क आंद्रे टेर स्टेगेन, नेल्सन सेमेडो, गेरार्ड पिक, क्लेमेन्ट लेंगेलेट, जूनियर फिर्पो, सर्जियो बुस्केट्स, फ्रेन्की डि जोङ्ग, आर्थर, आर्टुरो भिडा, लियोनल मेस्सी
रियलको सम्भावित प्लेइङ ११ः थाबाउट कोर्टोइस, डानी कारभाजल, राफेल वाराने, सर्जियो रामोस, फर्मल्यान्ड मेन्डी, फेडरभल्भर्डे, केसमिरो, लुका मोड्रिक, टोनी क्रोस, करीम बेन्जेमा