आगामी जुन २६ देखि जुलाई २ सम्म मलेसियामा आयोजना हुने तय भएको आइसीसी पुरुष टी–ट्वान्टी विश्वकपको छनौट खेल स्थगित भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण एसिया छनौट ‘बी’ प्रतियोगितासमेत अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डले खेल्ने तय थियो ।