रोनाल्डोलाई कोरोना पुष्टि, स्विडेन बिरुद्धको खेलबाट बाहिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 09:41:06 PM मा प्रकाशित

laxmi sunrise bank

जुवेन्ट्सका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमा कोरोना संक्रमण पुष्टि भएको छ यससँगै रोनाल्डोले स्विडेनसँगको पोर्चुगलको खेल गुमाउने भएका छन्पोर्चुगली फुटबल महासंघले मंगलबार एक आधिकारी विज्ञप्ती मार्फत रोनाल्डोमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो

'रोनाल्डो कोभिड १९ का लागि परिक्षण पश्चात संक्रमित  भएका छन्, यससंगै उनलाई राष्ट्रिय टिमसंगको प्रशिक्षणबाट मुक्त गरिएको छ, त्यसैले उनले स्विडेनसंगको खेल खेल्ने छैनन्‘ उक्त बिज्ञप्तीमा भनिएको छ।

पोर्चुगलले पछिल्लो समय अन्तराष्ट्रिय खेलहरुमा उत्कृष्ट प्रदशन गर्दै आएको छ रिपोर्ट पोजेटिभ आएपछि बाँकी खेलाडीहरुले मंगलबार बिहान परिक्षण गरेका छन् र सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ

रोनाल्डोले आइतबार २०१८ को विश्वकप बिजेता फ्रान्ससंग को खेलमा शुन्य शुन्य गोल अर्थात बराबरीमा खेल सक्दा पुरै ९० मिनेट खेलेका थिए

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved