
विश्व फुटबलका महान हस्ती तथा अर्जेन्टिनाका पुर्व फुटबलर डियागो म्याराडोनाको निधन भएको छ । उनको बुधबार मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
केहि साता अगाडी हृदयघात भएपछि उपचारको क्रममा अस्पतालमा रहेका म्याराडोनाको मृत्यु भएको बिबिसी लगायतका अन्तराष्ट्रिय संचार माध्यमले समाचार लेखेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि म्याराडोनालाई ला प्लाटाको एक अस्पतालमा भर्ना गरिएको थियो।
अचानक मुटुमा समस्या देखिएको र उनको ह्रदघातका कारण मृत्यु भएको बताईएको छ । केहि समय अघि मात्र उनको दिमागमा रगत जमेकोले उनको सफल शल्यक्रिया भएको थियो । उनी ६० वर्षका थिए ।
उनले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकपको उपाधि दिलाएका थिए । उनले सोहि प्रतियोगिता गरेको एउटा गोल 'ह्याण्ड अफ गड' को रुपले परिचित छ । इंग्ल्यान्ड बिरुद्दको खेलमा उनले हातले नै गोल गरेका थिए । रेफ्रीले नदेखीपछि उक्त गोलले मान्यता पाएको थियो ।
सोहि कारण उक्त गोललाई 'ह्याण्ड अफ गड' भनिएको हो। खेल पछि म्याराडोनाले नै त्यो गोल 'गड अफ ह्याण्ड' बाट भएको बताएपछि यो शब्द प्रचलित भएको हो ।
अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यास लिएपछि उनी राष्ट्रिय टिम कै प्रशिक्षक बनेका थिए । उनी २० औ शताब्दीको महान खेलाडी हुन् । फिफाले उनलाई र पेलेलाई संयुक्त रुपमा यो उपाधि दिएको थियो ।