
विश्व फुटबलका महान हस्ती तथा अर्जेन्टिनाका पुर्व फुटबलर डियागो म्याराडोनाको निधन भएको छ । उनको बुधबार मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
अचानक मुटुमा समस्या देखिएको र उनको ह्रदघातका कारण मृत्यु भएको बताईएको छ । केहि समय अघि मात्र उनको दिमागमा रगत जमेकोले उनको सफल शल्यक्रिया भएको थियो । उनी ६० वर्षका थिए ।
उनले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकपको उपाधि दिलाएका थिए । उनले सोहि प्रतियोगिता गरेको एउटा गोल 'ह्याण्ड अफ गड' को रुपले परिचित छ । इंग्ल्यान्ड बिरुद्दको खेलमा उनले हातले नै गोल गरेका थिए । रेफ्रीले नदेखीपछि उक्त गोलले मान्यता पाएको थियो । त्यस समय अहिलेको जस्तो प्रविधि थिएन।
खेल पछि म्याराडोनाले नै त्यो गोल 'ह्याण्ड अफ गड' बाट भएको बताएपछि यो शब्द प्रचलित भएको हो ।
हेर्नुस भिडियो ।