कोपा अमेरिकाः उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्ने (तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 06:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ को उद्‌घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्ने भएका छन् । जुन १३ मा हुने उद्‌घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने भएको हो । 

जुन १३ मै कोलम्बिया र इक्वेइडर आमनेसामने हुँदा जुन १४ मा अर्जेन्टिना र चिली तथा पाराग्वे र बोलिभिया भिड्नेछन् । 

समूह ए मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् ।  समूह बी मा ब्राजिल, कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु रहेका छन् । 

यसअघि प्रतियोगिता अर्जेन्टिनाले यो प्रतियोगीता आयोजना गर्ने भनिएपनि त्यहाँ कोरोना संक्रमण बढेपछि ब्राजिलमा आयोजना हुन लागेको हो । ब्राजिल कोपा अमेरिकाको साविक विजेता सिन हो । सन् २०१९ मा घरेलु मैदानमा पेरुलाई पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved