रामोसले छोडे रियल मड्रिड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 10:22:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्जियो रामोसले रियल मड्रिड छोडेका छन् । स्पेनिस क्लबमा १६ वर्ष बिताएर उनी बाहिरिएका हुन् । रियलका कप्तानसमेत रहेका डिफेण्डर रामोसले क्लब छाडेको पुष्टि रियल मड्रिडले गरिसकेको छ । 

बिहीबार पत्रकार सम्मेलन गर्दै उनको बिदाइ गरिने रियलले जनाएको छ । रामोसको रियलसँगको समझौता २०२१ को जुन अन्तिममा सकिँदै भएपनि उनले त्यसको २ साताअघि क्लब छाडेका हुन् । 

सन् २००५ मा सेभियाबाट रियल पुगेका रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् । ५ पटक ला लिगा र ४ पटक युरोपियन च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे को उपाधि दिलाएका उनले क्लब विश्वकप र स्पेनिस सुपर कपको उपाधि ४–४ पटक जिताएका छन् ।

रामोसकै कप्तानीमा रियलले यूईएफए सुपर कपको उपाधि ३ पटक जितेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved