स्पेनिस ला लिगामा बिल्बाओको कठिन जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2021 | 09:24:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा बिल्बाओलाई जिताउन राउल गार्सियाले निर्णायक गोल गरे । गार्सियाले ४४औं मिनेटमा इनिगो लेक्वेको पासमा गोल गरेका थिए । यसअघि गार्सियाले नवौं मिनेटमा पेनाल्टी मिस गरेका थिए । गार्सियाको प्रहारलाई अलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले सजिलै विफल पारेका थिए ।

५६ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले दोस्रो हाफमा खासै आक्रमण बुन्न सकेन । खेलभर बिल्बाओले १६ वटा पोस्ट प्रहार गरेको थियो । ४४ प्रतिशत बल पोसेसन राखेको अलाभेसले गोल फर्काउन सकेन । १७ वटा पोस्ट प्रहार गरेको अलाभेसको प्रयासमा बिल्बाओको रक्षापंक्ति बाधब बनेको थियो । बिल्बाओका इनाकी विलियम्स ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै बिल्बाओ छैटौं स्थानमा उक्लिएको छ । आठ खेलमा तीन जित, चार बराबर र एक हार खेपेको बिल्बाओको १३ अंक पुगेको छ । पराजित अलाभेस तीन अंक सहित १९औं स्थानमा छ । सात खेल सकेको अलाभेसले एउटा खेलमात्र जितेको छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १७ अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६, तेस्रो र चौथो स्थानमा रहेको सेभिया र साविक विजेता एट्लेटिको म्याड्रिडको समान १४ अंक छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved