स्वारेज चम्किँदा बार्सिलोनाको बिर्सन लायक हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 09:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

लुइस सुआरेजले आफ्नो पूर्व क्लबविरुद्ध एक गोल र अर्को असिस्ट गरेसिछ स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग बिर्सनलायक हार ब्यहोरेको छ । 

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा घरेलु टोली एट्लेटिकोको जितमा थोमस लेमार र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना २–० ले पराजित भएको हो । 

खेलको २४औं मिनेटमा थोमसको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । लुइस स्वारेजको पासमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा स्वारेजले थोमस लेमारकै पासमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

यही अग्रता दोस्रो हाफसम्म कायम राख्दै एट्लेटिको ला लिगामा अपराजित रह्यो । जितसँगै एट्लेटिकोले ८ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । 

पराजित बार्सिलोना ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved