भैरहवासँगको खेल रद्द भएपछि अंक बाँडेर काठमाडौँ प्लेअफमा, ललितपुर आउट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 01:06:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत आज काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीचको अन्तिम लिग खेल रद्ध भएको छ ।

खेल हुन हुन नसकेपछि भैरहवासँग अंक बाँड्दै काठमाडौँ प्लेअफमा पुगेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ प्लेअफमा पुग्दा साविक विजेता ललितपुर प्याट्रिओट्स भने काठमाडौँसँग समान अंक हँुदापनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

काठमाडौँ र भैरहवाबीच मंगलबार ९ः३० बजे खेल सुरु हुने तालिका थियो । तर सोमबार राती र मंगलबार बिहानसम्म परेको भारी वर्षाका कारण त्रिवि क्रिकेट मैदानको आउटफिल्ड भिजेर हिलो भएपछि खेल रद्ध भएको हो ।

खेल नभएपछि काठमाडौँ र भैरहवाले १–१ अंक बाँडेका छन् । ५ खेलबाट ३ अंक जोडेको काठमाडौँ चौथो स्थानमा रहेर प्लेअफ पुगेको हो । भैरहवा र पोखरा राइनोजको समान ७ अंक रहेपनि पोखरा दोस्रो र भैरहवा तेस्रो स्थानमा रह्यो ।

पोखराले तीन खेल जित्दा १ खेलमा अंक बाँडेको थियो । भैरहवाले २ खेल जित्दा २ खेलमा अंक बाँडेको थियो ।

लिगमा पाँचमध्ये ४ खेल जित्दै ८ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा रह्यो । साविक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स पनि लिग चरणबाटै बाहिरिएका छन् ।

अब बुधबार पहिलो क्वालिफायरमा चितवन र पोखरा भिड्नेछन् । यी टोली बीचको खेलको विजेता फाइनल पुग्नेछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ ।

पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल्न पाउनेछ । बुधबारै पहिलो एलिमिनेटरमा भैरहवा र काठमाडौँबीच खेल हुनेछ । यस खेलको विजेता दोस्रो एलिमिनेटरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । 

भैरहवा र काठमाडौँबीचको खेल सोही दिन दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved