विश्व च्याम्पियन फ्रान्स नेशन्स कप फुटबलको फाइनलमा, ११ वर्ष अघिको विश्व बिजेतासँग उपाधि भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 08:28:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बेल्जियममाथि सानदार पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले फाइनलमा उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राति भएको सेमिफाइनलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३–२ को सानदार पुनरागमन जित निकालेको हो । थियो हर्नान्डेजले इन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।

इटालीको एलिनाज स्टेडियममा भएको खेलमा यानिक कारसाकोले ३७औं र रोमेलु लुकाकुले ४०औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो ।

तर करिम बेन्जामाले ६२औं र किलिएन एमबाप्पेले ६९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि फ्रान्स बराबरीमा पुग्यो । निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको समयमा हर्नान्डेजले गोल गरेपछि फ्रान्स ३–२ ले विजयी हुँदै फाइनल पुगेको हो ।

फ्रान्स २०१८ को विश्वबिजेता हो भने स्पेन २०१० को विश्वबिजेता हो । यी २ मुलुकबीचको युइएफए नेशन्स कप उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved