साफ च्याम्पियनसिपः माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाललाई फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 08:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत विहीबार भएको खेलमा घरेलु टोली माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपाललाई पहिलो पटक साफको फाइनल पुग्ने समीकरण थप सहज भएको छ ।

जारी प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई माल्दिभ्सले २–० ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भयो । माल्दिभ्सले भने अंक तालिकामा भारतलाई उछिनेको छ । अंक तालिकामा २ खेल खेलेको नेपाल २ वटैमा जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ ।

माल्दिभ्स पहिलो जितसँगै अंक तालिकामा ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । भारत आफ्नो दुवै खेल बराबरी गर्दै २ खेलमा २ अंकमा सिमित छ । श्रीलंका ३ खेलमा १ अंकसाथ तालिकाको पुछारमा रहँदै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ । 

नेपाल अब लिग चरणका बाँकी २ खेलमध्ये १ खेल जिते शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । नेपालले अब प्रतियोगिता अन्तर्गत आइतबार भारत तथा बुधबार बंगलादेशको सामना गर्नेछ । बाँकी रहेका दुवै खेल नहारे फाइनल पुग्नेछ ।

नेपालले भारतविरुद्ध बराबरी खेलेर माल्दिभ्स र श्रीलंकाबीच पनि बराबरी भए नेपाल फाइनल पुग्ने लगभग पक्का हुनेछ । श्रीलंकाले माल्दिभ्सलाई हराएर नेपालले भारतसँग बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ ।

नेपालले भारतसँग पराजय बेहोरेको अवस्थामा अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । भारतले भने अब फाइनल पुग्न निकै कसरत गर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved