बालोन डिओरको मनोनयन घोषणा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 01:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ष २०२१ को विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डको प्रारम्भिक मनोनयन घोषणा आज हुँदैछ । 

अवार्ड संस्थापक ‘फ्रान्स फुटबल’ले अवार्डका लागि महिला र पुरुष दुवैतर्फको प्रारम्भिक मनोनयन आज सार्वजनिक गरिने जनाएको छ । मनोनयन घोषणा कार्यक्रम  राति ९ बजेपछि हुनेछ ।

यसपछि टप–१० सूची सार्वजनिक हुनेछ । अवार्ड घोषण हुने दिन टप–३ घोषणा हुनेछ । यस वर्ष अवार्ड घोषणा तथा वितरण नोभेम्बर २९ मा हुनेछ ।

यो अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका लियोनल मेस्सी र इंग्लिस क्लब चेल्सी तथा इटालियन मिडफिल्डर जर्जिन्होलाई मुख्य दाबेदार मानिएको छ । 

गत सिजन यो अवार्ड कोरोना भाइरस महामारीका कारण रद्द भएको थियो । 

यसपटक पिएसजीका मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका र गत सिजन बार्सिलोनाबाट कोपा डेल रे कप गरी दुई उपाधि जिते । यस वर्ष मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो भने मेस्सीले पनि करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । 

बार्यनका लेवान्डोस्कीले यस वर्ष बुन्डेस लिगा, क्लब विश्वकप र जर्मन सुपर कप गरी ३ उपाधि जितेका छन् ।

चेल्सी तथा इटालीका जर्जिन्हो सबैभन्दा अघि छन् । उनले चेल्सीबाट च्याम्पियन्स लिग र युइएफए सुपर कप जिते भने यसै वर्ष इटालीबाट युरो कपको उपाधि पनि जितेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved