एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 03:45:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिगको चौथो सिजनको उपाधि चितवन टाइगर्सले जितेको छ । आज किर्तिपुर स्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउदै चितवनले उपाधि जितेको हो । 

यो चितवनको पहिलो उपाधि समेत हो । 

खेलमा टस जितेर बलिङ रोजेको चितवनले पोखरालाई १११ रन मै समेटेको थियो । १७.५ ओभर मै पोखरा अल आउट भएको थियो । पोखरालाई सस्तोमा समेट्न कमल सिंह ऐरीले ४ विकेट तथा क्रिम जनत र सिकुगे प्रसन्नले २ विकेट लिएका थिए । 

पोखराले दिएको लक्ष्य चितवनले १५.५ ओभर मै भेट्टायो । चितवनको जितमा भिम सार्कीले सर्बाधिक ६३ रन बनाए भने दिलिप नाथले १८ तथा राजेंश पुलामीले १४ रन बनाए । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved