उरुग्वेविरुद्द अर्जेन्टिनाको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 08:32:46 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले २ असिस्ट र मार्टिनेजले १ गोल र १ असिस्ट गरे । 

खेलको ७ औँ मिनेटमा लुइस स्वारेजले गोलरक्षक इमिलियानो मार्टिनेजलाई बिट गरेपनि प्रहार गर्न सकेनन् । २२औं मिनेटमा नाहितान नान्डेजको क्रसमा माटिएस भिनाको पासमा स्वारेजकै प्रहारलाई अजेन्टिनी गोलरक्षक मार्टिनेजले बचाएपछि उरुग्वे अग्रता लिनबाट बञ्चित भयो ।

२६औं मिनेटमा रोड्रिगो डि पउलको पासमा लोउटारो मार्टिनेजको प्रहार पोस्ट नजिकैबाट बाहिर जाँदा अर्जेन्टिना पनि अग्रता बनाउनबाट चुक्यो । 

३८औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिजालाई १–० को अग्रता दिलाए । ४४औं मिनेटमा रोड्रिगो डि पउलले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६२औं मिनेटमा लोउटारो मार्टिनेजले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ३–० बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना विजयी भयो ।

जितसँगै अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक बनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved