स्पेनलाई हराउँदै फ्रान्सले जित्यो युईएफए नेसन्स लिगको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 08:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनलाई हराउँदै युईएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको फाइनलमा फ्रान्सले स्पेनमाथि २–१ को कमब्याक जित निकाल्दै उपाधि उचालेको हो ।

अग्रता बचाउन नसक्दा स्पेनले हार ब्यहोरेको हो । 

इटालीको सान सिरो सहरस्थित सान सिरो रंगशालामा भएको खेलमा पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएन । खेलको ६४औं मिनेटमा स्पेनले अग्रता बनायो । सर्जियो बुस्केट्सको पासमा मिकेल ओयारजबाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए ।

तर, त्यसपछि फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्यो । फ्रान्सको कमब्याक जितमा स्टार केलियन एमबाप्पे नायक बने । उनले १ गोल र १ असिस्ट गरे । खेलको ६६औं मिनेटमा एमबाप्पेको असिस्टमा करिम बेन्जेमाले गोल गरेर खेल १–१ बनाए । 

खेलको ८०औं मिनेटमा थियो हर्नान्डेजको पासमा एमबाप्पेले गोल गरे । त्यसपछि बाँकी समयमा दुबै टोलीबाट गोल हुन भएन । र, २–१ ले जित्दै फ्रान्स च्याम्पियन बन्यो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved