म्यानचेस्टर युनाइटेडको घरमा म्यानचेस्टर सिटीको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2021 | 08:38:42 AM मा प्रकाशित

laxmi  sunrise bank

इङ्लिस प्रिमियर लिग अन्तर्गत ११औं चरणको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा २–० को जित निकालेको छ । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा शनिबार राती भएको खेलमा ७ औँ मिनेटमै एरिक बेलीले आत्मघाती गोल गर्दा सिटीले अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा जुवान कान्सेलोको क्रसमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई २–० को अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट गोल हुन नसक्दा सिटी विजयी भयो । जितसँगै ११ खेलबाट २३ अंक जोड्दै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ११ खेलबाट २६ अंक छ ।

शनिबार राति नै भएको अर्को खेलमा लिग लिडर चेल्सी घरेलु मैदानमा बर्न्लीसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै क्रिस्टल प्यालेसले घरेलु मैदानमा वुल्भ्सलाई २–० ले पराजित गर्दा नर्विच सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ । अर्को खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–१ गोलको बराबरीमा रोक्यो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved