नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2022 | 10:55:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज शनिवार हुदै छ । आज दशरथ रंगशाला स्थित घरेलु मैदानमा बेलुका ४:४५ बजे खेल हुन लागेको हो

नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेल्न लागेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ । 

मोरिससले नेपालसँगको खेल कठिन हुने बताएको छ । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका छन् 

 नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका छन् । उनले २ वटा खेलको लागि २ फरक टिमको घोषणा गरेका छन् । 

खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश पाउने छन् । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved