स्पेनिस ला लिगा : सेभिया ओसासुनासँग बराबरीमा रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 11:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभिया मध्यमटोली ओसासुनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले सेभियालाई गोलरहित बराबरीमा रोकेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सेभियाले ७४ प्रतिशत बल पोससन राखेपनि गोल गर्न भने सकेन । खेलभर नौ वटा पोस्ट् प्रहार गरेको सेभिया अन्ततः अंक बाँड्न बाध्य भयो । ओसासुनाले पनि नौ वटै पोस्ट् प्रहार गरेको थियो । सेभियालाई रोक्ने योजना बनाएको ओसासुना आफ्नो रणनितिमा सफल बन्यो ।

ओसासुनाका सर्जिओ हेरेरा ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै सेभियाले शीर्षटोली रियल म्याड्रिडसँग अंक दुरी घटाउने अवसर गुमायो । दोस्रो स्थानमा यथावत सेभियाको २३ खेलबाट ४७ अंक पुगेको छ । रियलको २२ खेलबाट ५० अंक छ । सेभियालाई रोकेको ओससुना २९ अंक सहित १२औं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ ।

घरेलु मैदानमा भएको अर्को खेलमा सेल्टा भिगोले रायो भालेकानोलाई २–० गोलले हरायो । सेल्टा भिगोको जितमा दुवै गोल ब्रेस मेनडेजले गरे । १२औँ मिनेटमा खाता खोलेका ब्रेसले दोस्रो गोल ८०औँ मिनेटमा डेनिस स्वारेजको पासमा थपेका थिए । जितसँगै १०औँ स्थानमा उक्लिएको सेल्टा भिगोले २३ खेलबाट ३० अंक बनाएको छ । पराजित रायो भालेकानो ३१ अंक सहित नवौं स्थानमा छ ।

अन्य खेलमा इल्चेले घरेलु मैदानमा अलाभेसलाई ३–१ र मालोर्काले काडिजलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै २६ अंक बनाएको इल्चे १४औं र २३ अंक बनाएको मालोर्का १७औं स्थानमा छ । पराजित अलाभेस र काडिज रेलिगेसनको दबाबमा छ । १८ अंक बनाएको काडिज १८औं र १७ अंक बनाएको अलाभेस १९औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved