स्पेनिस ला लिगा: बिल्बाओको प्रतिस्पर्धात्मक जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 08:20:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमै स्पान्योलका टोनीले जाभी पुआडोको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर स्पान्योलको अग्रता दुई मिनेट पनि टिकेन ।

पाँचौं मिनेटमा सानसेटले राउल गार्सियाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । १६औं मिनेटमा मार्टिनेजल डानी भिभिएनको पासमा गोल गर्दै पहिलो हाफमा बिल्बाओको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा बिल्बाओ विजयी भयो । ५६ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले दोस्रो हाफमा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । बिल्बाओका ओएर जारागा ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै बिल्बाओ आठौं स्थानमा छ । बिल्बाओले २३ खेलबाट ३४ अंक बनाएको छ । पराजित स्पान्योल २७ अंक सहित १३औं स्थानमा छ । तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५३ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० र चौथो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved