विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 09:07:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन नेपाली टोली आज बेलुका ओमान जान लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली बेलुका ८ बजे ओमान प्रस्थान गर्नेछ । 

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ८ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । 

खेलहरु आउँदो फेब्रुअरी १८ देखि २४ सम्म हुनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा आयोजक ओमानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्ने छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ मा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।

छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला पनि खेल्नेछ । श्रृङ्खलमा नेपाल, ओमान, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved