जब बिश्वका चर्चित फुटबल लिगहरुको कुरा हुन्छ युरोपका देशहरुका लिगको सर्बाधिक चर्चा हुन्छ । जब लिग अन्त्य हुदै जान्छ तब उपाधि भिडन्त रोचक बन्दै जांन्छ ।
३ चरणको खेल मात्र बाँकी रहंदा अधिकांश लिगमा उपाधि होडमा धेरै भए ५-७ टोली रहन्छन् । तर चिलीको लिगमा फुटबल इतिहास कै सबैभन्दा रोचक उपाधि भिडन्त हुदै छ ।
चिलीको 'चिलियान प्रिमेरा डिभिजन' अब ३ चरणका खेल बाँकी छन् । ३ चरणका खेलहरु बाँकी रहंदा लिगमा रहेका १५ मध्ये १२ टोलीले उपाधि जित्ने सम्भावना छ। अर्थात् १५ मध्ये १२ टोलीले उपाधि जित्न सक्छन । लिगको शिर्ष स्थानमा रहेको टोलीको १२ खेलबाट २२ अंक छ भने १२ औ स्थानमा रहेको टोलीको १४ अंक छ । अर्थात् १२ औ स्थानमा रहेको १४ अंक भएको टोलीले पनि उपाधि जित्ने सम्भावना कायम छ ।
हेर्नुस अंक तालिका :