खेलकुद मन्त्रीद्धारा मुलपानी क्रिकेट रंगशालाको अनुगमन, युद्धस्तरमा काम गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 05:37:37 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् ।  

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए । 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए । 

अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved