क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 04:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्।

क्रिकेट संघ क्यानका अनुसार उनले स्कटल्याण्ड भ्रमण सुरु हुनु अघि नै राजीनामा दिएका थिए। आज पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षकले औपचारिक रुपमा मिडियामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनको व्यक्तिगत निर्णयको सम्मान गर्दै उनको राजीनामा स्वीकृत गरेको क्यानले जनाएको छ  ।

पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । उनले पत्रकार सम्मेलनमा  यो आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन्।

उनले भने 'मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु । मेरो प्रस्थानको कारण मेरो परिवारको हेरचाह गर्नु हो जब उनीहरूलाई मलाई सबैभन्दा बढी आवश्यक छ। यदि मैले मेरो परिवारको लागि समय दिन सक्दिन भने म पछुताउनेछु। नेपाली टिमलाई शुभकामना । मलाई नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा र मेरो क्षमतामा विश्वास गर्दै नेपाल क्रिकेट संघलाई विशेष धन्यवाद । क्यान लाई धेरै धेरै शुभकामना ।'



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved