विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 09:27:46 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । 

सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ । 

एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो ।

 भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।

त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।

पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved