खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री प्रचण्ड पनि मैदानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 09:31:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा पुगेका छन् । प्रचण्ड मैदानमा पुगेर खेलाडीलाई शुभकामना दिँदै उनीहरुसँगै राष्ट्रिय गानमा सहभागी भएका हुन् 

खेलमा युएईले टस जितेर पहिले ब्याटिंग थालेको छ।  आजको टिममा नेपालले एक परिवर्तन गरेको छ । अक करण केसी, ज्ञानेन्द्र मल्ल , र प्रतिस जिसी बेन्चमा रहने छन् । अर्थात् उनीहरुले आजको खेल खेल्ने छैनन् । आजको टिममा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भिम शार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दिप लामिछाने रहेका छन् । 

यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ ।  यो खेल जितेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। आजको खेलको लागि समर्थकहरु राति देखि नै टियु क्रिकेट मैदान पुगिसकेका छन् । आज नेपाललाई समर्थन गर्न काठमाडौँ बाहिरका समर्थकहरुपनि ठूलो संख्यामा काठमाडौँ आएका छन् । बाजागाजा सहित समर्थक टियु मैदान पुग्ने छन् भने लोकदोहोरीको टिम पनि मैदनामा जाने छ ।

हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ। नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ।  विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।  

तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ

नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।  नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved