प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई ३ लाख पुरस्कार घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 10:17:38 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु प्रति खेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेका छन् । उनले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गरेका हुन् ।

नेपालले बिहिबार भएको खेलमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई पराजित गर्दो विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । नेपालले युएईलाई डिएल मेथड अनुसार ९ रनले जितेको हो । 

 जित सँगै नेपालको क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा ३६ खेलबाट ४० अंक पुगेको छ ।  यस सँगै नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा भएको हो।  ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ ।  सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्डले खेल्ने पक्का भएको छ। बाँकि ६ टिमको टुंगो लाग्न बाँकि छ । वेस्ट इन्डिज, साउथ अफ्रीका, श्रीलंका, र आयरल्याण्ड मध्ये ३ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved