टियु क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 10:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रिय खेलकुद परिषदलाई मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु प्रति खेलाडी ३ लाख पुरस्कार दिने घोषणा पनि गरेका छन् । उनले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गरेका हुन् ।

उनले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

नेपालले बिहिबार भएको खेलमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई पराजित गर्दो विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । नेपालले युएईलाई डिएल मेथड अनुसार ९ रनले जितेको हो । 

 जित सँगै नेपालको क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा ३६ खेलबाट ४० अंक पुगेको छ ।  यस सँगै नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा भएको हो।  ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ ।  सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्डले खेल्ने पक्का भएको छ। बाँकि ६ टिमको टुंगो लाग्न बाँकि छ । वेस्ट इन्डिज, साउथ अफ्रीका, श्रीलंका, र आयरल्याण्ड मध्ये ३ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved