च्याम्पियन्स लिगको क्वाटरफाइनलमा कुन टिम कोसँग खेल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 06:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सम्पन्न भएको छ । आज शुक्रबार ड्र सम्पन्न भएसँगै क्वाटरफाइनलमा कुन टिमले को सँग प्रतिस्पर्धा गर्नेछ भन्ने टुंगो लागेको छ 

तालिका अनुसार क्वाटरफाइनलमा रियल म्याड्रिड र चेल्सी आमनेसामने हुने भएका छन्। त्यस्तै म्यानचेस्टर सिटी र बायाँन म्युनिक पनि क्वाटरफाइनल मै भिड्ने भएका छन् । बेन्फिकाले इन्टर मिलानलाई प्रतिद्वन्द्वीओ रुपमा पाएको छ भने एसी मिलानले नेपोलीसँग खेल्ने छ ।  

क्वाटरफाइनलको पहिलो लेगको खेल ११ र १२ अप्रिलमा हुनेछ भने दोस्रो लेगको खेल १८ र १९ अप्रिलमा हुने छ । सेमिफाइनलको पहिलो लेगको खेल ९ र १० मे महिनामा हुने छ भने दोस्रो लेगको खेल १६ र १७ मे महिनामा हुने छ ।

फाइनल खेल जुन १० मा हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved