काठमाडौँमा हुने प्रिमियर कपको लागि नेपाली टोली घोषणा, प्रतियोगिता जिते भारत र पाकिस्तानसँग खेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 09:22:30 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले काठमाडौँमा हुने प्रिमियर कप प्रतियोगिताको लागि प्रारम्भिक टोली सार्वजनिक गरेको छ । क्यानले आज २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो 

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, भिम सार्की, प्रतिष जिसी , ललित राजबंशी, सन्दिप जोरा, मौसम ढकाल, कमल सिंह ऐरी,  अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल रहेका छन् । यी २१ मध्ये बाट क्यानले १५ सदस्यीय अन्तिम टोलि घोषणा गर्ने छन् 

यस प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  यदि नेपालले आफ्नै मैदानमा हुने यो प्रिमियर कपको उपाधि जितेमा नेपालले र पाकिस्तानसँग खेल्न पाउने छ । प्रिमियर कपको बिजेता एसिया कपको लागि छनौट हुने पक्का भईसकेको छ । प्रिमियर कपको बिजेता एसिया कपको समुह ए मा पर्ने पनि पक्का भईसकेको छ । एसिया कपको समुह ए मा भारत र पाकिस्तान रहेका छन् । यदि नेपालले नेपालमा हुने यो प्रिमियर कपको उपाधि जितेमा आगामी सेप्टेम्बरमा नेपालले भारत तथा पाकिस्तानसँग खेलेको हेर्न पाइने छ । एसिया कपको लागि भारत, पाकिस्तान,अफगानिस्तान, बंगलादेश र श्रीलंका छनौट भईसकेका छन् । एसिया कपको लागि अफगानिस्तान, बंगलादेश र श्रीलंका भने समुह बि मा छन् । 


को को छन् प्रिमियर कपमा ? 

प्रिमियर कपमा १० टोली छन् । खेल तालिका अनुसार नेपाल, ओमान, कतार, मलेशिया, र साउदी अरेबिया समुह ए मा परेका छन् । त्यस्तै समुह बि मा युएई, हंगकंग, कुवेत, सिंगापुर र बहराइन परेका छन् 

सबै टिमले आफ्नो समुहमा रहेका सबै टिमसँग १-१ खेल खेल्ने छन् । अर्थात् समुह चरणमा सबै टिमले ४ खेल खेल्ने छन् । ४ खेल पछि दुवै समुहको शिर्ष २ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । समुह ए को बिजेताले समुह बि को उपबिजेता सँग सेमिफाइनल खेल्ने छ भने समुह बि को बिजेताले समुह ए को उपविजेतासँग सेमिफाइनल खेल्ने छ । सेमिफाइनलका बिजेताले उपाधिको लागि फाइनल खेल खेल्ने छन् । फाइनल खेल जित्ने टिमले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा सहभागिता जनाउने छ । प्रिमियर कपका खेलहरु टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा  हुने छ । यो एसिया कपको छनौट प्रतियोगता पनि हो । 

यस्तो छ प्रिमियर कपको खेल तालिका :

Image

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved