श्रीलंकाले पनि नेपालसँगै विश्वकप छनोट खेल्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 12:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा पुगेको नेपालले आफ्नो प्रतिद्वन्द्वीको रुपमा श्रीलंकालाई पनि पाएको छ ।  श्रीलंका पनि विश्वकपमा छनौट हुन नसकेर  ग्लोबल छनौटमा आउने भएको हो।  

वर्ल्डकप सुपर लिगको शिर्ष ८ मा पर्ने टिम विश्वकपको लागि सिधै छनौट हुने प्रावधान थियो । श्रीलंकाले लिगको आफ्नो अन्तिम अर्थात् २४ औ खेलमा न्युजील्याण्डसँग पराजय बेहोरेसँगै सिधै विश्वकपको लागि छनौट हुने सम्भवना सकिएको हो ।  श्रीलंकालाई विश्वकपमा सोझै छनौट हुने सम्भावना कायम राख्न आज न्युजील्याण्डसँग भएको खेल जित्नै पर्ने बाध्यता थियो ।  तर सो खेल न्युजील्याण्डले ६ विकेटले जितेपछि श्रीलंकाले पनि नेपालसँगै विश्व छनौट खेल्ने भएको हो ।  

ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ ।  सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेपाल, नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्ड र श्रीलंकाले खेल्ने पक्का भएको छ। बाँकि ४ टिमको टुंगो लाग्न बाँकि छ । वेस्ट इन्डिज, साउथ अफ्रीका, र आयरल्याण्ड मध्ये २ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । त्यस्तै हाल नामिबियामा भईरहेको प्ले अफबाट २ टिम आउने छन् । नामिबियाँमा भईरहेको प्ले अफमा क्यानडा, नामिबिया, अमेरिका, युएई, पिएनजी र जर्सी रहेका छन् । यी मध्ये शिर्ष २ स्थानमा पर्ने टोली ग्लोबल छनौट खेल्न आउने छन् । 

ग्लोबल छनौट जिम्बावेमा हुने छ । १० देश सहभागी उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved