लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 07:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । लाओसलाई २–१ ले हराउँदै नेपालले घरेलु मैदानमा उपाधि राख्न सफल भएको हो । 

खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरेपछि नेपालले खेल २–१ ले जितेको हो । 

यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता लाओसले २ हजार ५ सय अमेरिकी डलर पुरस्कार पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved