वेस्ट इन्डिजले पनि नेपालसँगै विश्वकप छनौट खेल्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 09:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा पुगेको नेपालले आफ्नो प्रतिद्वन्द्वीको रुपमा वेस्ट इन्डिजलाई पनि पाएको छ । वेस्ट इन्डिज पनि विश्वकपमा छनौट हुन नसकेर  ग्लोबल छनौटमा आउने भएको हो।  

वर्ल्डकप सुपर लिगको शिर्ष ८ मा पर्ने टिम विश्वकपको लागि सिधै छनौट हुने प्रावधान थियो । आज साउथ अफ्रीकाले नेदरल्याण्डलाई पराजित गरेसँगै वेस्ट इन्डिजको शिर्ष ८ मा पर्ने सम्भावना सकिएको हो। लिगको सबै २४ खेल खेलिसकेको वेस्ट इन्डिजको कुल ८८ अंक छ । आजको जित सँगै साउथ अफ्रीकाको ९८ अंक भएकोले वेस्ट इन्डिजको शिर्ष ८ मा पर्ने सम्भावना सकिएको हो । 

आजको खेल जितेसँगै साउथ अफ्रीकाको शिर्ष ८ मा नै परेर विश्वकपको लागि छनौट हुने सम्भावना उच्च भएको छ । तर त्यसको निर्क्योल भने भईसकेको छैन  । 

ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ ।  सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेपाल, नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्ड, श्रीलंका र वेस्टइन्डिजले खेल्ने पक्का भएको छ। बाँकि ३ टिमको टुंगो लाग्न बाँकि छ । साउथ अफ्रीका, र आयरल्याण्ड मध्ये १ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । त्यस्तै हाल नामिबियामा भईरहेको प्ले अफबाट २ टिम आउने छन् । नामिबियाँमा भईरहेको प्ले अफमा क्यानडा, नामिबिया, अमेरिका, युएई, पिएनजी र जर्सी रहेका छन् । यी मध्ये शिर्ष २ स्थानमा पर्ने टोली ग्लोबल छनौट खेल्न आउने छन् । 

ग्लोबल छनौट जिम्बावेमा हुने छ । १० देश सहभागी उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved