नेपालसँगै विश्वकप छनौट खेल्ने १० मध्ये ९ टिमको टुंगो लाग्यो, यी हुन् नेपालका प्रतिस्पर्धी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 09:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय विश्वकपको ग्लोबल छनौट खेल्ने १० मध्ये ९ टिमको टुंगो लागेको छ । आज क्वालिफायर प्ले अफ अन्तर्गत भएको खेलमा अमेरिका र नामिबिया विजय भएसँगै क्वालिफायर प्ले अफबाट छनौट हुने २ टिम टुंगो लागेको छ । 

क्वालिफायर प्ले अफ बाट अमेरिका र युएईले ग्लोबल छनौट खेल्ने भएका छन् ।  प्ले अफमा आजको जित सहित अमेरिकाको ८ अंक भएको छ, ८ अंक सँगै अमेरिका छनौट भएको छ । भोलि युएईले जर्सीसँग तथा क्यानाडाले पीएनजी सँग खेल्ने छ । अन्तिम खेल अघि नै युएईको ६ अंक छ । अन्तिम खेल जितेमा युएई ८ अंक सहित छनौट हुने छ । तर अन्तिम खेल हारे पनि युएई छनौट हुने छ । युएईले अन्तिम खेल हारेमा युएई र नामिबियाको बराबर ६ अंक हुन्छ ।  प्रतियोगिताको नियम अनुसार अंक बराबर भए धेरै खेल जितेको टिम अगाडी जान्छ । तर दुवै टिमले समान ३ खेल जितेको हुने छ। त्यस्तो अवस्थामा जुन जुन टिमको अंक बराबर भएको हो ति बीच भएको खेलको विजेता अगाडी जान्छ । यसो हुँदा युएईले नामिबियालाई हराएको कारण युएई अगाडी जाने छ । यदि क्यानडाले आफ्नो अन्तिम खेल जितेमा क्यानडाको पनि  ६ अंक नै हुन्छ तर क्यानडालाई पनि युएईले हराएको कारण युएई नै अगाडी जान्छ । 

अर्थात् नामिबियामा भएको क्वालिफायर प्ले अफबाट अमेरिका र युएई विश्वकप ग्लोबल छनौटमा जाने पक्का भएको छ। 

हेर्नुस् आईसीसीको नियम, जुन आईसीसीले आजको खेल अगाडी गरेको रिभ्युमा हेर्न सकिन्छ सो रिभ्यु हेर्न यहाँ क्लिक गर्नुहोला 

लिग टु को शिर्ष स्थानमा रहेको कारण सक्टल्याण्ड, ओमान र नेपाल पनि विश्वकप ग्लोबल छनौटमा जाने पक्का भएको छ । 

सुपर लिगमा पुछारमा हुने ५ टिम पनि विश्वकप ग्लोबल छनौटमा जाने छन् । यस अन्तर्गत हालसम्म नेदरल्याण्ड , श्रीलंका, वेस्ट इन्डिज र जिम्बावे सुपर लिगको पुछारको ५ मा रहदै  विश्वकप ग्लोबल छनौटमा जाने पक्का भएको छ । अब आयरल्याण्ड र साउथ अफ्रीका मध्ये बाट १ टिम विश्वकप ग्लोबल छनौटमा जाने पक्का  छ । यदि आयरल्याण्डले बंगलादेशसँग हुने ३ खेल मध्ये ३ खेल नै जितेमा आयरल्याण्ड सिधै विश्वकपको लागि छनौट छ र साउथ अफ्रीका विश्वकप ग्लोबल छनौट खेल्न आउने छ  । तर आयरल्याण्डले ३ वटै खेलमा बंगलादेशलाई हराउँन सकेन भने साउथ अफ्रीका सिधै विश्वकपको लागि छनौट हुने छ र आयरल्याण्ड विश्वकप ग्लोबल छनौट खेल्न आउने छ  ।

ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ ।  सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । ग्लोबल छनौट जिम्बावेमा हुने छ । १० देश सहभागी उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ । 

समग्रमा विश्वकप छनौट खेल्ने देशहरु: नेदरल्याण्ड, श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, साउथ अफ्रीका वा आयरल्याण्ड मध्ये एउटा, नेपाल, ओमान, स्कटल्याण्ड, अमेरिका र युएई । 

सबै टिमले राउण्ड रोबिन आधारमा सबै टिमसँग एक एक खेल खेल्ने छन् र प्रतियोगिताशिर्ष स्थानमा रहने २ टिम भारतमा हुने एक दिवसीय विश्वकपको लागि छनौट हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved