अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 03:33:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । ्फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको हो ।

अर्जेन्टिना गत डिसेम्बरमा सम्पन्न कतार विश्वकपको उपाधि विजेता हो । विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेर पनि फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना ६ वर्षपछि शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि अर्जेन्टिना २०१७ मा शीर्ष स्थानमा थियो ।

अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २–० र कुराकाओलाई ७–० ले पराजित गरेको थियो । 

फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल भने तेस्रो स्थानमा झरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved