अलपत्र चितवनको क्रिकेट रङ्गशालाबारे सरकारले गरेको गोप्य निर्णयमा के छ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 06:26:18 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा बनाउन सुरु गरेको गौतमबुद्ध क्रिकेट रङ्गशालाको ऋण सरकारले सकार्ने निर्णय भएको पाइएको छ । चैत तेस्रो साता बसेको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध क्रिकेट स्टेडिमयमको १२ करोड ऋण तिरेर रङ्गशालाको स्वामित्व ग्रहण गर्ने निर्णय गरेको हो ।

यद्यपि उक्त निर्णय अहिलेसम्म सार्वजनकि भएको छैन । १२ करोड फाउण्डेशनलाई नै अनुदान दिएर बाँकी निर्माण कार्य अघि बढाउने तयारीमा सरकार रहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गाशाला बनाउन सामान लिएको उधारो र ऋण गरी १८ करोड तिर्न बाँकी रहेको सार्वजनिक गरेको थियो । तर सरकारले जम्मा १२ करोड मात्रै ऋण सकार्ने निर्णय गरेको हो । बाँकी ६ करोडबारे कुनै निर्णय भएको खबर आएको छैन । यद्यपि, १२ करोड ऋण सकार्ने निर्णय पनि गोप्य नै राखिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आइतबार मात्रै मन्त्रिपरिषदको निर्णय पठाइएको छ ।

मन्त्रिपरिषदले गौतमबुद्ध क्रिकेट रङ्गाशालाको १२ करोड ऋण सकार्न गरेको निर्णय खेलकुद मन्त्रालयमार्फत राखेपमा पुगेपछि अब राखेपले नै उक्त रङ्गशाला निर्माणको नेतृत्व गर्ने बताइएको छ ।  मन्त्रिपरिषदले गरेको निर्णय खेलकुद परिषद्‌मार्फत कार्यान्वयन हुने पक्का भइसकेको छ । 

सरकारी लेखापरीक्षणमै देखिएको १८ करोड ४३ लाख ऋणमध्ये १२ करोड मात्रै तिर्ने निर्णय भएपछि बाँकी ६ करोड ४३ लाख कसले तिर्ने भन्ने अन्यौल छ । सबै तिर्दा बेरुजु देखिने भएकाले सरकारले दुई तिहाइ तिर्ने निर्णय गरेको मन्त्रिपरिषद श्रोतको भनाइ छ । सबै फरफारक नगरी राखेपले स्वामित्व ग्रहण गर्दा अर्को समस्या देखिन सक्नेमा राखेपका सदस्य सचिव घिसिङ पनि जानकार छन् । तर, उनी माओवादीका नेता समेत रहेकाले प्रधानमन्त्री प्रचण्डको निर्देशन नमान्ने अबस्थामा हुन्न् ।

धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिई बाँकी निर्माणकार्य अगाडि बढ्ने भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पनि स्वीकार गरेकी छिन् । उनका अनुसार निर्माणाधीन उक्त रङ्गशालाको स्वामित्व राखेपले लिने र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वानको तयारी गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved