एक दिवसीय क्रिकेटमा नेपालले बनायो हालसम्म कै उच्च स्कोर, कुशलको शतकीय किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 12:47:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म कै उच्च स्कोर बनाएको छ । प्रिमियर कप अन्तर्गत आज काठमाडौँ स्थित किर्तिपुर मैदानमा ओमान विरुद्द भएको मैदानमा नेपालले ३१० रन बनाउदै हालसम्म कै उच्च स्कोर बनाएको हो । यस अघि एक दिवसीय क्रिकेटमा नेपालको उच्च स्कोर २९७ थियो । 

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको हो । नेपालको लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए । उनले ६४ बलमा १०८ रन बनाउदै नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने किर्तिमान समेत आफ्नो नाममा गरेका छन् ।  आजको खेलमा भिम शार्कीले ३३ रन, रोहित पौडेलले २३ रन, आरिफ शेखले २९ रन, दिपेन्द्र सिंह ऐरीले ७ रन, सन्दिप लामिछानेले ८ रन बनाए । त्यस्तै सोमपाल कामी ६३ रन तथा करण केसी २९ रन मा नट आउट रहे । कुशल भुर्तेल र आशिफ शेख भने शुन्य रन मै आउट भएका थिए 

आजको खेलमा नेपालले खराब सुरुवात गरेको थियो । शुन्य रन मै नेपालको २ विकेट गुमेको थियो । तर त्यसपछि मध्य अर्डरका ब्याट्सम्यानले नेपालको ब्याटिंगलाई लय दिएका हुन् । आजको खेल नेपालको ५० औ एक दिवसीय खेल समेत हो । 

प्रिमियर लिगको बिजेता एसिया कपमा छनौट हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved