राशिद खानको रेकर्ड तोड्दै सन्दीप लामिछानेले क्रिकेटमा बनाए नयाँ विश्व किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 02:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने नयाँ विश्व रेकर्ड बनाएका छन् ।  एक दिवसीय क्रिकेट अन्तर्गत सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रुपमा उनले विश्व रेकर्ड बनाएका हुन् ।

आज प्रिमियर कप अन्तर्गत काठमाडौँको किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा ओमान विरुद्द भएको खेलमा उनले विकेट लिएसँगै उनको १०० विकेट पुगेको हो । उनले खेलको १२.३ ओभरमा  ओमानका आदील सिद्धिकीको विकेट लिएका हुन् ।  यो विकेट सँगै उनको ४२ खेलमा १०० विकेट पुरा भएको हो । 

यस अघि सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रेकर्ड अफगानिस्तानक राशिद खानको नाममा थियो । उनले ४४ खेलमा १०० विकेट लिएर किर्तिमान बनाएका थिए। सन्दीपले ४२ खेल मै १०० विकेट लिएर खानको नाममा रहेको सो रेकर्ड आफ्नो नाममा कायम गरेका हुन्  ।  

काठमाडौँमा जारी प्रिमियर कपको विजेताले एशिया कप खेल्न पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved