नेपाल एसीसी प्रिमियर लिगको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 04:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षाका कारण खेल रद्द हुँदा नेपाल एसीसी प्रिमियर कपको फाइनल पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो ।

कुवेतले जवाफी ब्याटिङ गरिरहेका बेला ८.३ ओभर खेलिरहँदा पानी दर्कियो । भारी वर्षाका कारण खेल हुन नसेपछि डिएल मेथडका आधारमा नतिजा टुंगो लगाउन पनि कुवेतले पर्याप्त ओभर (२० ओभर) खेलिसकेको थिएन । यसकारण नेपाल सोझै समूह विजेताका रुपमा फाइनल पुगेको हो । 

खेल रोकिँदासम्म कुवेतले ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो । नेपालका लागि तीव्र गतिका बलर करण केसीले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित ९४ रन बनाए । कुशल मल्लले ५७ रन हाने । 
पहिलो विकेटका लागि आसिफ शेखसँग ७७ रनको साझेदारी गर्दै ओपनर कुशल भुर्तेल ४३ रनमा आउट भए । आसिफ २८ बलमा १ चौका र तीन छक्कासहित ३१ रन बनाएर आउट हुँदा आरिफ शेखले १९ रन बनाए । सोमपाल कामी १३ रनमा अविजित रहे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved