एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 05:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले सोमबार यूएईसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित हुँदा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो ।

मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको सेमिफाइनलमा खेल पनि वर्षाका कारण प्रभावित हुँदा डिएलएस मेथडमा यूएई २ रनले विजयी हुँदै फाइनलमा पुग्यो ।

अब उपाधिका लागि यूएई र नेपालबीच सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ । उक्त खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved