प्रिमियर कपको फाइनल आज, वर्षाले खेल हुन नसके नेपाल विजेता बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2023 | 08:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज सोमबार हुँदै छ । उपाधिको लागि नेपाल र युएई भिड्ने छन्  आज काठमाडौँको किर्तिपुर स्थिति टियु क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुने तय गरिएको छ 

तर आजको खेल वर्षाले प्रभावित हुँदै सम्भावना रहेको छ । यस अघि दुवै सेमिफाइनल खेल पनि वर्षाले प्रभावित भएको थियो । 

खेल वर्षाले प्रभावित भएर आज खेल हुन नसकेमा वा पुरै खेल हुन नसकेमा मंगलबारको लागि रिजर्भ डे तय गरिएको छ । तर मंगलबारको पनि वर्षाको सम्भावना रहेको छ । वर्षाले खेल प्रभावित भई पुरै खेल नभए वा नतिजा आउने गरि खेल नभए २ ओभरको सुपर ओभर खेल खेलाएर विजेता तय गरिने छ । तर त्यो पनि हुन नसके खेल रिजर्भ डेमा जाने छ । रिजर्भ डेमा पनि वर्षा भएर पुरै खेल नभए वा नतिजा आउने गरि खेल नभए २ ओभरको सुपर ओभर हुने छ । तर दोस्रो दिन पनि नतिजा आउने गरि खेल नभए नेपाल स्वत विजेता हुने छ । दुवै दिन खेल हुन नसके एकदिवसीय बरियताको आधारमा बिजेता घोषणा हुने छ । बरियतामा युएई भन्दा नेपाल माथि रहेकोले नेपाल बिजेता हुने छ । 

फाइनल खेलको बिजेताले एसिया कप खेल पाउने छ। बिजेताले एसिया कपमा भारत र पाकिस्तानसंग खेल्न पाउने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved