साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 01:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्प्यिनसिप पुरुष फुटबलमा नेपाल र भारत एउटै समूहमा परेका छन् । आगामी असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्प्यिनसिप फुटबल प्रतियोगीतामा नेपाल र भारत एकै समूहमा परेका हुन् ।

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ च्याम्प्यिनसिपको यस संस्करणमा श्रीलंका भने सहभागी हुने छैन । श्रीलंकालाई फिफाले प्रतिबन्ध लगाएका कारण उसले प्रतियोगीता गुमाउने भएको हो । 

यस संस्करणमा खेल्न लागेका कुवेत र लेबनानले आमन्त्रित टीमको रूपमा खेल्ने छन् ।

ड्र


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved